Odapalika - The Fourth Estate - चौथो अंग
विदेश गएका नेपालीले गत वर्ष पठाए १४ खर्ब ४५ अर्ब रुपैयाँ

काठमाडौँ । विदेशमा गएका नेपालीले गत वर्ष १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ नेपाल पठाएका छन् ।

उनीहरुले पठाएको रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १६.५ प्रतिशतले बढी हो । यद्यपि, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशमा गएका नेपालीले पठाउने रकमको बृद्धिदर घटेको छ । अघिल्लो आर्थिक वर्षमा विदेश गएका नेपालीले पठाउने रकमको बृद्धिदर २३.२ प्रतिशत थियो ।

विदेशमा रहेका नेपालीले पठाएको रकम बढी देखिएको अमेरिकी डलरको विनिमय दरमा आएको परिवर्तनले पनि हो । यद्यपि, अमेरिकी डलरमै पनि बढी देखिएकोले रकम बढेको भने पुष्टी हुन्छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई रु.१० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update