Odapalika - The Fourth Estate - चौथो अंग
मध्यपुर थिमि नगरपालिकाले ‘मध्यपुर थिमि महोत्सव’ गर्ने 

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले मध्यपुर थिमि महोत्सव आयोजना गर्ने भएको छ । गएको बिहीबार बसेको नगर कार्यपालिका बैठकले तीन दिन मध्यपुर थिमि महोत्सव गर्ने निर्णय गरेको हो । 

आउँदो पुस १२, १३ र १४ गते तीन दिन मध्यपुर थिमि महोत्सव आयोजना गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता तथा ३ नम्बर वडाका वडा अध्यक्ष कृष्ण हरि आचार्यले जानकारी दिए । 

महोत्सवमा मध्यपुर थिमिको पहिचानसहित स्थानीय मौलिक उत्पादनदेखि विभिन्न कला संस्कृतिबारे जानकारी गराउने तयारी छ । साथै महोत्सवबारे नगरपालिकाले सरोकारवाला तथा विज्ञहरुसँग छलफल गरेर थप निर्णयसहित तयारी गर्ने भएको छ । 

press-note-madhyapur-1723969528.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update