Odapalika - The Fourth Estate - चौथो अंग
नेप्से ३४.४७ अंकले घट्यो, २८ अर्ब ८३ करोडको कारोबार

काठमाडौँ । चालु साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालो लागेको छ । यस दिन नेप्से परिसूचक ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा आएको बन्द भएको हो ।

यस दिन ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता सेयर किनबेच हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३७६ रुपैयाँको कारोबार भएको छ ।  आइतबार ४७ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ । 

राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पाेरेसन (नेपाल), मल्टिपर्पस फाइनान्स र सम्पदा लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हुँदा नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । 

गत साताको चालु कारोबारको अन्तिम दिन बिहीबार हालसम्मकै उच्च मूल्यको सेयर कारोबार २९ अर्ब ९५ करोड रुपैयाँको भएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update