Odapalika - The Fourth Estate - चौथो अंग
शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिकद्वय मोहन सिंह र अशोक सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्राविधिकद्वय मोहन सिंह धामी र अशोक सिंह धामीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ परेका कृषि प्राविधिक अधिकृत मोहन सिंह र कृषि नायव प्राविधिक सहायक अशोक सिंहविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

उनका अनुसार सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले दुवैजनालाई सेवाग्राहीबाट ४ लाख १२ हजार रुपैयाँ नगद र ५ लाख  रुपैयाँको दुईवटा चेकसहित नियन्त्रणमा लिइएको थियो ।

९ लाख १२ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले दुवैजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुरमा बिगो ९ लाख १२ हजार रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिबाना सजाय हुन मागदाबी गदैै मुद्दा दर्ता गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए । 

उनीहरुले कृषि सामाग्रीवापत भुक्तानी गर्नुपर्ने रकमको चेकहरु शैल्यशिखर नगरपालिकाअन्तर्गतका कृषक समूहबाट संकलन गरी आफूसँग राखी भुक्तानी गर्नको लागि सेवाग्राहीसँग घुस लिएको अख्तियारको दाबी छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update