Odapalika - The Fourth Estate - चौथो अंग
रक्षाबन्धनको दिन सार्वजनिक बिदा 

काठमाडौँ । सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको छ । संघीयता कार्यान्वयनमा आएसँगै केही पर्व र दिवसहरू स्थानीय र प्रादेशिक सरकारले आफ्नो क्षेत्रभित्रमात्र हुने गरी सार्वजनिक बिदा दिने गरेका छन् । 

तर, सोमबार परेको यस वर्षको रक्षाबन्धनको अवसरमा भने संघीय सरकारले नै सार्वजनिक बिदा दिएको हो । 

२०८० माघ २९ गते राजपत्रमा प्रकाशित २०८१ सालको बिदासम्बन्धी सूचनामा भदौ ३ गते रक्षाबन्धनको बिदा रहेको उल्लेख छ । 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update