Odapalika - The Fourth Estate - चौथो अंग
हिंसात्मक गतिविधि रोक्न धरानमा निषेधाज्ञा जारी, मेयरले स्थगित गरे श्रमदान कार्यक्रम 

सुनसरी । पछिल्ला दिन धरान नगरपालिका क्षेत्रमा जारी धार्मिक र जातीय विवादका कारण उत्पन्न हुन सक्ने हिंसालाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ । 

गोरु काटेर खाने विषयबाट सुरु भएको विवादले उग्ररुप लिदै जाँदा शनिवार धरामा यसको पक्ष र विपक्षमा आवाज उठाउने समुहले सभा र विरोध कार्यक्रम गर्ने घोषणा गरेपछि सम्भावित झडप रोक्न प्रशासनले धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । 

प्रशासनले डेंँगीको प्रकोप रोक्न तथा र धार्मिक, साम्प्रायिक सद्भाव भड्कन नदिन भन्दै निषेधाज्ञा जारी गरको हो । आज मध्यरातबाट भोलि मध्यरातसम्म धरानमा निषेधाज्ञा जारी रहने छ ।

प्रशासनले निषेधाज्ञा जारी गरेलगत्तै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भोलिका लागि तय गरिएका सबैखाले श्रमदानका कार्यक्रम स्थगित गरेको बताएका छन् । मेयरले भोलि नगर क्षेत्रभित्र बृक्षारोपण कार्यक्रम भन्दै श्रमदानका लागि आह्वान गरेका थिए । 

940x380-सुनसरी_जिल्लाका_प्रमुख_जिल्ला_अधिकारीबाट_जारी_आदेश_।_२०८०।०५।०८1692967407.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update