Odapalika - The Fourth Estate - चौथो अंग
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झा पुर्पक्षका लागि जेल चलान

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश तीर्थराज केसीको एकल इजलासले अभियुक्त झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । 

गएको साउन २९ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दायर गरेको मुद्दाको सुनुवाइपछि आइतबार अदालतले थुनामा पठाउने आदेश दिएको हो । अदालतको सो आदेशविरुद्ध झा माथिल्लो अदालतमा पुनरावेदनका लागि जान पाउने छन् । 

झाविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update