Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहका कर्मचारीको कार्यसम्पादन मूल्यांकन हेर्ने जिम्मा आचार्यलाई, अन्य निकायमा को ? 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको कार्यसम्पादन मूल्यांकन पुनरावेदन गर्न मन्त्रालयका तर्फबाट प्रतिनिधि चयन गरेको छ । 

मन्त्रालयका अनुसार स्थानीय तहको कार्यसम्पादन मूल्यांकन पुनरावेलोकन समितिमा सहसचिव दिवस आचार्यलाइ तोकेको हो । 

मन्त्रालयले निजामति सेवा नियमावलीअनुसार कार्यसम्पादन मूल्यांकन पुनरावलोकन समितिमा सहने सदस्यका रुपमा उनलाई तोकेको हो । 

मन्त्रालयले मन्त्रालयमा कार्यरत ६ जना सहसचिवलाई यो समितिमा सदस्यका रुपमा जिम्मेवारी तोकेको छ । मन्त्रालयले विष्णुप्रसाद ज्ञवाली, सुमन दाहाल, उमेश कुमार ढकाल, नारायण प्रसाद रेग्मी र काली प्रसाद पराजुलीलाई पनि विभिन्न मन्त्रालय, आयोग र निकायमा कार्यरत निजामति कर्मचारकिो कार्यसम्पादन मूल्यांकन पुनरावलोकन समितिको सदस्यका रुपमा जिम्मेवारी दिएको हो । 

यो समितिले राष्ट्रपति कायाृलय, सर्वोच्च अदालत, संसद सचिवालयदेखि स्थानीय तहमा कार्यरत कर्मचारीसम्मको कार्यसम्पादन मूल्यांकन समितिले दिएको प्रतिवेदनमा पुनरावलोकन गर्नेछ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update