Odapalika - The Fourth Estate - चौथो अंग
मौसम विभाग भन्छः आज देशभर पानी पर्छ 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैकाट देशभर सामानय देखि भारीसम्म वर्षा भइरहेको छ । यो क्रम रातिसम्म नै जारी रहने उसको भनाइ छ । 

अधिकांश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी रहेको विभागको भनाइ छ ।  

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान र मधेस प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । 

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update