Odapalika - The Fourth Estate - चौथो अंग
शरिरमा जनै र हातमा डोरा किन लगाउने ?

भोलानाथ घिमिरेकाे विचार 

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा अर्थात ऋषि तर्पणी पर्वको अलग्गै महत्व छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । घर घरमा पनि पूजा आरधना गरेर रक्षा बन्धन गर्छन् । वास्तवमा जनै लगाउने नलगाउने जोसुकैको लागि जनै पूर्णिमा भन्ने गरिन्छ । तर नेवार समूदायले जनै पूर्णिमा भन्दैनन् । उनीहरुले विशेषगरी क्वाँटी पूर्णिमा भन्छन् ।

जनै पूर्णिमामा ऋषिहरुको पूजा गरिन्छ । ऋषि भनेको रिसर्चर हुन । ऋषिहरुले बाँच्नको लागि हाम्रो शास्त्रहरुलाई आधार मानेर विभिन्न विधिहरु तयार गरेका छन् । वेद, कर्मकाण्ड ऋषिहरुले नै लेखेका हुन् । कष्यभ, विश्वामित्र, अत्रि, गौतम, भारद्वाज, वाशिष्ठलगायतका ऋषिहरुको पूजा हुन्छ । ब्राह्मण, क्षेत्री, बैष्य र शूद्र गरेर चार वर्णका व्यक्तिहरु भएपनि सबैले जनै लगाउँदैनन् ।

बाहुन र क्षेत्री बाहेक अरुले जनै नै लगाउदैनन् । गिरि, क्षत्री वर्गमा पर्नेहरु प्रायजसोले जनै लगाउँदैनन् । हिजोआज त ८० प्रतिशत वाहुनले जनै लगाउँदैनन् । किनभने हामीले जनैको महत्व बुझाउन सकेका छैनौं । हाम्रो सबैभन्दा ठूलो मन्त्र गायत्री मन्त्र त्यसको महत्वको बारेमा बुझाउन सकेनौ । त्यो कमजोरी हाम्रो हो । ऋषिहरुले धेरै शास्त्र छाडेर गएकाले त्यसलाई सम्झना मात्र गर्नसके राम्रो हुन्छ । 

डोरा लगाउने भन्दैमा पसलबाट किनेर लगाउँदैमा हुँदैन् । त्यसका लागि रुद्री गर्नुपर्छ, शिवजीको रुद्री गरिन्छ, मन्त्र पढिन्छ । त्यसपछि मात्र डोरोलाई प्रसादको रुपमा लिने हो ।  तर अहिले बिहान ३ बजे मन्दिरमा कोही मान्छे पुग्छ, वाहुनको बस्त्र लगाएको जुनसुकै जातको व्यक्तिसँग डोरा बानिन्छ । कसैलाई मतलव छैन् । वस्त्रमा लगाउँदैमा वाहुन भइदैन् संकल्प पनि गर्न जान्नुपर्छ । ३ बजे मन्दिरमा जान्छ न मुख धुन्छ, न नुहाउँछ त्यस्ता मान्छे गएर दिनभर डोरा बानेर बस्छ । त्यो डोराको के महत्व हुन्छ । तपाईको आफ्नो बाहुन छ, घरमा आउँछ भने डोरा लगाउनु नत्र नलगाए पनि हुन्छ ।

कुरा यत्ति हो हामीले जनै सँधै लगाउनुपर्छ । ऋषिको पूजा गर्दा दाँयापट्टी र पृतिको पूजा गर्दा बाँया पट्टी लगाउनुपर्छ । जनै पूर्णिमामा बाँधेको डोर लक्ष्मी पूजाको दिन गाईको पुच्छरमा बाँध्ने चलन छ । ऋषिहरुले के पत्ता लगाएको थियो भने गाइभन्दा असल प्राणी मनुष्यको लागि कोही पनि छैन् भन्ने हिसाबले नै गाईको पुच्छरमा बाध्नु भनेको हो । जसका कराण हामी स्वर्ग पुग्छौ, गाईले स्वर्ग लान्छ भन्ने मान्यता छ ।

तुलसी भारद्वाज निरौलाकाे  विचार

जनै लगाउने र नलगाउनेबीच केही भिन्नता हुन्छ । जनै लगाउने तागाधारीहरु र नलगाउनेहरुको खानपान एकदमै फरक हुन्छ । जनै लगाउनेहरुमा कब्जीयतका संकेतहरु बढी हुन्छन् । पुरुषहरुको भित्रि आँखामा जनै पूर्णिमाको महत्वलाई नबुझेर अहिले अपराधिक घट्ना बढेको छन् । जनै लगाउने भनेको उपनयन गरेपछि हो । उपनयन भनेको भित्रि आँखा हो । भित्रि आँखा भनेको यो गर्न हुने–नहुने भन्ने छुट्याउनु हो । 

जनै फेर्ने भनेर जनै शब्द आयो । पूर्णिमा तिथिमा मनाउने पर्व भएको भएर पूर्णिमा भन्ने शब्द आयो । यसमा पनि रक्षा बन्धन, रक्षा सुत्र भन्ने हुन्छ । रक्षा सुत्र धार्मिक पद्धति हो । रक्षा सुत्रसँग रक्षा बन्धन जोडिने भएकाले यसको विशिष्ट मान्यता छ । पौराणिक कालसँग जोडेर हेर्ने हो भने इन्द्र इन्द्रायणी, वृहस्पति ग्रहले रक्षा सुत्रलाई जगाएर इन्द्रायणीमार्फत अलग्गै व्याख्या गरेको छ । इन्द्र लगाएर युद्ध जितेको हुनाले श्रीमतीलाई रक्षा सुत्र लगाएर काममा पठाउने भन्ने अर्थमा रहेको मानिन्छ । पछिल्लो समय यमुना यमराजसँग जोडिएर बहिनीले दाजुलाई दाजुले बहिनीलाई रक्षा सुत्र लगाएपछि यसले राम्रो गर्छ भन्ने धार्मिक मान्यता छ ।

कतिपय अवस्थामा विश्वासको कुरा पनि हुन्छ । म रक्षा सुत्रमा बाँधिएको छु, म युद्ध लड्न योग्य छु भन्ने विश्वास हुन्छ । रक्षा सुत्रले राम्रो गर्छ भन्ने आत्माबल पनि बढाउँछ । मैंले रक्षा बन्धन बाँधेको छु, म सुरक्षित छु भन्ने आत्माबल बढ्छ । र हाम्रो पहिचान पनि हो यो । हामी हिन्दु भनेर भन्छौं तर यसो हेर्दा पनि पहिचान चाँही केही पनि छैन् । 

अहिले रक्षाबन्धनको समयमा घरमा बेसारले भिजाएको डोरो भन्दा बजारबाट किनेर ल्याए सजिलो हुन्छ भनेर सजिलोको लागि बजारबाट किनेको राखिको प्रयोग गरिन्छ । तर त्यो बजारबाट ल्याएको राखिलाई पनि विधि पु¥याएर मन्त्र पढेर लगाउने हो भने राम्रो हुन्छ । 

हुन त सनातनकै पद्धती हो । यमुनाले यमराजलाई लगाएको भनेर सुरु भएको हो । सबै धार्मिक पद्धती नै हो तर कतिपय पद्धतीहरु कुनै ठाँउमा धेरै मानिन्छ कुनै ठाँउमा मानिदैँन् । नेपालको कुरा गर्ने हो भने बाहुनले घर घरमा आएर डोरो बान्ने चलन बढि थियो, अहिले पछिल्लो समयमा राखी बान्ने भारतबाट चलन आएको छ । यसलाई त्यति ठूलो विकृती भन्न मिल्दैन् । डोरो बान्ने चलन वर्तमान समयमा आएर राखीमा परिणत भएको हो । 

क्वाटी खाने चलन

जनैपूर्णिमाको दिन क्वाटी खाने चलन पनि छ । नेपाल कृषिप्रधान देश हो, यहाँ दिनभर काम गरेर हाम्रो शरिर कमजोर भएको हुन्छ । क्वाँटीमा धेरै थरीका गेडागुडी भएकाले प्रोटिनहरु बढी हुन्छ । त्यसले हाम्रो शरीरमा उर्जा जगाउने काम गर्छ । असार, साउनका काम गरेको सबै थकान कम गर्नको लागि पनि क्वाँटी खानु राम्रो हुन्छ । यो एकदमै राम्रो पद्धती हो । जनैपूर्णिमा मात्र होईन, हामीले मान्ने सबै प्रकारको चाडपर्वमा राम्रा वैज्ञानिक आधारसहितका पद्धतीहरु रहेका छन् । 

वास्तविक अर्थ भनेको भिजाएका गेडागुडीको झोल त्यो खाने, उम्रिएको बिउलाई झोल बनाएर खाएपछि शरिरमा तागत प्राप्त हुन्छ । नागपञ्मिबाट भर्खा सकियो पनि भन्ने गरिन्छ, त्यो हुदाँ हामीलाई शरिरलाई चाहिने तत्वहरु थपेको हो । 

 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update