Odapalika - The Fourth Estate - चौथो अंग
नलगाड नगरपालिकामा पहिरोमा परी एकैघरका तीनजनाको मृत्यु
फाइल तस्बिर

जारकोट । जारकोटको नलगाड नगरपालिका–२, माझगाउँमा साेमबार बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ ।  मृत्युहुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार छन् । 

उनीहरु भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए ।

 इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगरप्रमुख रावतले बताए । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै  छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update