काठमाडौँ । ज्योतिषी पुस्कर खतिवडा धरौटीमा धरौटीमा रिहा भएका छन् ।
गएको साउन १४ गते नेताहरुको मृत्युको कामना गर्दै धार्मिक अनुष्ठान गरेको आरोपमा पक्राउ परेका उनी काठमाडौं जिल्ला अदालतको आदेशअनुसार २५ हजार धरौटी बुझाएर थुनामुक्त भएका हुन् ।
नेताहरूको मृत्युको कामनासहित गरिएको यमराजको पूजाको फेसबुकबाट लाइभ गरेको भन्दै उनीविरुद्धसाइबर अपराधसम्बन्धी कसुरमा मुद्दा चलाइएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१ १७:०२
प्रतिक्रिया दिनुहोस्