Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरको ‘स्वच्छ भान्छा’ कार्यक्रम सुरू

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वर्णिम योजनाअन्तर्गतको ‘स्वच्छ भान्छा’ कार्यक्रम सुरू भएको छ । 

सोमबार महानगरले काठमाडौंको दरबार हाइ स्कुलमा ढावा, भोजनालय, खाजा घरलगायतका साना तथा मध्यम स्तरका खाना तथा खाजा घरका करिब चारसय व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी तालिम प्रदान गर्ने उद्देश्यले फुड सेप्टी बुट क्याम्प (खाद्य स्वच्छता प्रवर्द्धन शिविर) आयोजना गरेको हो । 

‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ स्लोगनसहित गर्न लागिएको यो कार्यक्रम स्वर्णिम योजना अन्तर्गतको पहिलो संस्करण हो । कार्यक्रम आज र भोलि दुई दिनसम्म चल्नेछ । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update