Odapalika - The Fourth Estate - चौथो अंग
आज दिनभर पानी, कहाँ कस्तो छ अवस्था ? 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज दिनभर पानी पर्ने भन्दै सतर्क रहन अपील गरेको छ । 

विभागले वुलेटिनमार्फत आज विहानैवाट देशका विभिन्न भागमा वर्षा भइरहेको भन्दै यो क्रम दिनभर चल्ने भनेको छ । 

विभागका अनुसार दिउँसो देशभर मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

आज राति पनि सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

अहिलेपनि पश्चिम नेपालका दाङलगायतका  स्थानमा भारी वष जारी रहेको भन्दै विभागले ती क्षेत्रमा सतर्कता अपनाउन भनेको छ । 

काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा समेत विहानैबाट पानी परिरहेको छ । हिजैबाट खोला तथा नदीमा जल सतह वढेको भन्दै विभागले यी स्थानका नजिक बस्नेले सतर्कता अपनाउनुपर्ने भनेको छ । 

राति कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update