Odapalika - The Fourth Estate - चौथो अंग
कुम्भको घुमफिर, मीनको आम्दानीमा वृद्धि, अन्य राशिलाई कस्तो छ आजको दिन ?

आजको पञ्चाङ्ग 

तिथिः द्धितीया । नक्षत्रः शतभिषा । करणः तैतिल । चन्द्रराशिः कुम्भ । सूर्योदयः ५ः ३८ । सूर्यास्तः १८ः ३४। दिनमानः ३२ः २१ घडी । राहुकालः दिनको १२ देखि १ः ३० सम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

आज तपाईँको पराक्रम बढ्नेछ । सुखद् अनि लाभदायक यात्रा हुनेछ । भाइबन्धुसँग दिन बित्नेछ । अचानक धनप्राप्ति हुनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो )

आजको दिन अनुकूल रहेको छ । घरजग्गा जमिनको कारोबारबाट फाइदा लिन सकिनेछ । मनोरञ्जन र भेटघाटमा दिन बित्नेछ । आर्थिक वृद्धि हुनेछ ।

मिथुन (का कि कु घ ङ छ के को ह )

तपाईँको आज विद्यामा सफलता देखिन्छ । शत्रु परास्त हुनेछन् । यात्रा सुमधुर र रमणीय हुनेछ । सन्तानको प्रगति सुन्न पाइनेछ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)

काममा विशेष रोकावट हुनेछ । गरेको कामबाट असन्तोष भइएला । खर्चिलो दिन रहेको छ । स्वस्थ्यको पनि विशेष ख्याल राख्नुहोला । शत्रुपक्ष बलियो देखिन्छ ।

सिंह ( मा मि मु मे मो टा टि टु टे )

आजको कार्यमा सफलता पाइनेछ । जोश जाँगरले काम बन्नेछ ।  कर्म अनुसारको फल प्राप्त हुनेछ । परिवारको पूर्ण साथ रहनेछ । 

कन्या (टो प पि पु ष ण ठ पे पो)

गरेको कामको जस शत्रुले लिनेछन् । वादविवादमा पर्न सकिन्छ । मन अस्थिर हुनेछ । आज लेनदेन नगरेकै राम्रो हुनेछ ।

तुला (र रि रु रे रो ता ति तु ते)

कुनै महत्वपूर्ण सामान पाउनु हुनेछ । सन्तानको पूर्णसाथ पाइन्छ । आजको धार्मिक यात्रा रमाइलो रहनेछ । विद्यामा सफलता प्राप्त हुनेछ ।    

वृश्चिक  (तो ना नि नु ने नो या यि यु )

आजको दिन सन्तोषका साथ बित्नेछ । गरेको कामबाट लाभ हुनेछ । साथीभाइसँग मनोरञ्जनपूर्ण र रमाइलोसँग दिन बित्नेछ । कर्मक्षेत्र बलियो देखिन्छ ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

समय अनुकूल रहेकाले आय बढ्नेछ । आजको दिन मनमा खुसी छाउने छ । पराक्रमले काम बन्नेछ । सुखद यात्रा हुनेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

धनको क्षति तथा खर्चको योग देखिन्छ । सामान गुमाउनु पर्नेछ । भोजभतेर र खानपिनमा समय खर्चिनु पर्नेछ । दिन सामान्य रहेको छ ।

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

आज घुमफिरको कारणले मन उत्साही हुनेछ । महत्वपूर्ण कार्य बन्नेछन् । स्वास्थ क्षेत्र सबल रहन्छ । सबैको साथ पाउनुहुने देखिन्छ । 

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

सोचेभन्दा बढी आम्दानी हुनेछ । यात्रा रमाइलो र अर्थपूर्ण हुनेछ । धैर्यताको साथ लिएर काम गर्नुहोला । स्थायी धन जोडिएला ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update