Odapalika - The Fourth Estate - चौथो अंग
सन्दीप लामिछाने बृज इनटरनेशनलको ब्राण्ड एम्बासेडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन् ।

सोमबार बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सी र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

सन्दीप २ वर्षका लागि बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको एम्बासेडर रहनेछन् । बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीले सम्झौता रकम भने खुलाएको छैन । 

सम्झौतापछि बोल्दै सन्दीपले बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीसँग सम्झौताले आफूलाई धेरै हौसला प्रदान गर्ने बताए । उनले खेल जीवनमा धेरै सहयोग पुग्ने धारणा पनि राखे ।

‘बृजसँग सम्झौता हुँदा धेरै खुसी छु । यस्तोखाले सहयोगले  हामी  खेलाडीलाई हौसला मिल्छ । देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ’, लामिछानेले भने ।

यस्तै बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीका निर्देशक भुवन गिरीले सन्दीप जस्तो खेलाडी कन्सलटेन्सीसँग जोडिनु सकारात्मक भएको बताए । 

साथै उनले नेपाली क्रिकेट र शिक्षा जगतलाई एक ठाउँमा जोड्ने पाटो पनि रहेको बताए ।

‘सन्दीपलाई ब्रान्ड एम्बेसडरको रुपमा पाउँदा कन्सलटेन्सीलाई ठूलो सहयोग पुग्नेछ । साथै यो सम्झौताले क्रिकेट र शिक्षालाई एक बनाउन पनि सहयोग पुर्याउँछ,’ गिरीले भने ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update