Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रिय परिचयपत्रले लाइसेन्सको पनि काम गर्ने

काठमाडौँ । राष्ट्रिय परिचयपत्रले सवारी चालक अनुमतिपत्रको पनि काम गर्ने सक्ने निर्णय कार्यान्वयनका लागि सरकारले तयारी थालेको छ । काठमाडौँ उपत्यकाबाट सो निर्णय कार्यान्वयन गर्नेगरी सरकारले तयारी थालेको हो । 

आउँदो दशैँ आसपासबाट सो निर्णय कार्यान्वयन गर्नेगरी तयारी थालिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।  लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने काम सकिएसँगै  तथ्याङ्क आदानप्रदानपछि दुई साताअघि नै परीक्षणसमेत गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

सुरक्षा विशेषतासहितका मोबाइल फोनमा निश्चित सफ्टवेयरको प्रयोग गरी राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा लाइसेन्स परीक्षण गर्न मिल्ने विभागले जनाएको छ । यसका लागि क्यूआर स्क्यान गर्ने मोबाइल फोन ट्राफिक प्रहरीलाई उपलब्ध गराइनेछ । 

लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने विषयमा गएको साउन ३० गते राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र अनि नागरिक एपसहितका संरचना प्रयोग गरेर डिजिटल प्रणालीबाटै ट्राफिक नियम उल्लङ्घन गर्नेहरुलाई जरिबाना गराउने व्यवस्था मिलाउन लागिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update