Odapalika - The Fourth Estate - चौथो अंग
विमानस्थलभित्रको पसलबाट कैंची हराएपछि...

काठमाडौँ । जापानको एक विमानस्थलभित्रको एक पसलबाट कैंची हराएपछि हवाइसेवा अवरुद्ध हुन पुगेको छ । 

गएको शनिबार बिहान होकाइडोको न्यू चिटोस विमानस्थलको आन्तरिक टर्मिनलको बोर्डिङ गेटनजिकै रहेको एक पसलबाट कैंची हराएपछि ३६ वटा उडान रद्द गरियो भने २०१ वटा उडान डिले भएको बीबीसीले जनाएको छ । 

कैंची हराएपछि सुरक्षाको कारण देखाउँदै उडान रद्द र डिले गरिएपछि विमानस्थलमा यात्रुहरूको भीड लागेको थियो । विमानस्थलका अधिकारीसहित सुरक्षाकर्मी दिनभर कैंचीको खोजीमा लागे पनि उक्त दिन भेटिएन । तर, कैंची नभेटिए पनि र विमानस्थल चालु गरिएको थियो ।

शनिबार खोजी गर्दा कैंची भेटिएन । तर, आइतबार नै कैंची पसलमै भेटिएको भन्दै विमानस्थलले सोमबार जानकारी दिएको बीबीसीले जनाएको छ । विमानस्थलले एक दिन ढिलागरी जानकारी दिनुको कारण भने फेला परेको कैंची हराएकै कैंचीको हो वा होइन भन्ने पुष्टि गर्न समय लागेको बताएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update