Odapalika - The Fourth Estate - चौथो अंग
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन । मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको हो । 

८७ सदस्यीय प्रदेशसभामा उनको प्रस्तावको पक्षमा ७० सदस्यले मत दिँदा विपक्षमा ११ ले मत परेको थियो भने ५ जना अनुपस्थित भए ।

मुख्यमन्त्री आचार्यलाई एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३–३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिएका हुन् भने माओवादी केन्द्रका ११, राप्रपाका ४ तथा एकीकृत समाजवादी र जनमोर्चाका एक एक सांसदले विपक्षमा मत दिए । 

एमाले–कांग्रेसको गठबन्धनपछि उनी गएको साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update