Odapalika - The Fourth Estate - चौथो अंग
नेपालका ठूला एयरलाइन्स बुद्ध, यति र श्री, कुनका जहाज कति पुराना ?

काठमाडौँ । पछिल्लो पटक नेपालमा सौर्य एयरलाइन्स्को विमान दुर्घटनामा पर्यो । मर्मतका लागि पोखरा जानलाग्दा उडेको २० सेकेण्डमै दुर्घटना भएको थियो ।

यो नेपाली आकासमा भएको ६१ औँ दुर्घटना थियो । हालसम्म नेपालमा हवाइ दुर्घटनामा परेर ९ सय १५ जनाको ज्यान गएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को तथ्यांक छ । सन् १९५५ यता यात्रुको ज्यान जाने गरी ३६ आन्तरिक र आठ अन्तर्राष्ट्रिय विमान तथा १७ हेलिकोप्टर तथ्यांक छ ।

नेपाली आकाशमा पटक पटक हवाइ दुर्घटना भइ ठुलो मात्रामा जनधनको क्षति हुँदा यतिबेला आम नेपालीमा अहिले एउटा आशंका उब्जिएको छ–नेपालमा अधिकांश हवाइजहाज पुराना छन् र दुर्घटनामा परिरहेका छन् । आज हामीले नेपालमा रहेका कुन जहाज कुन पुराना भन्ने जानकारी दिन लागिरहेका छौँ । 

सबैभन्दा पुरानो जहाज बुद्धको

नेपालमा उडान भरिरहेकामध्ये सबैभन्दा पुरानो जहाज बुद्धको छ । १८ सिटको यो एयरक्राफ्ट विमान सन् १९९७ देखि निर्वाध रुपमा उडिरहेको छ । कलसाइन बुद्धएयर यु फोर बिएचए रहेको यो जहाजको औषत आयु १९ वर्ष ६ महिना उल्लेख गरिएको भएपनि २७ वर्षको भएको छ । यसले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट देशका विभिन्न भागमा उडान गर्दै आएको छ । 

हाल बुद्धका अन्य एटिआर विमानले पनि नेपालका विभिन्न स्थान तथा भारतका केही स्थानमा समेत उडान भर्दै आएका छन् । 

१५ वर्ष उमेर पुगेको यति एयरलाइन्स्

गतवर्ष काठमाडौ देखि पोखरा जाने क्रममा यति एयरको जहाज दुर्घटना हुँदा धेरैले यति एयरका जहाजमाथि प्रश्नचिन्ह उठाए । तर जहाजको आयु हेर्दा यति एयर अब्बल देखिएको छ । यति एयरले ७ वटा एटिआर एयरक्राफ्टबाट देशका विभिन्न भागमा उडान भर्दै आएको छ । यति एयरका जहाजको औषत आयु मात्र १५ वर्ष पुगेका छन् । यस हिसाबले यति एयरका जहाज तुलनात्मक रुपमा नयाँ छन् । 

श्री एयरलाइन्स्को औषत आयु १७ वर्ष ३ महिना 

यति एयरपछि नेपालमा नयाँ जहाज श्री का देखिएका छन् । श्री एयरलाइन्स्का जहाजका आयु पनि औषतमा १७ वर्ष ३ महिना पुगेको छ ।  श्री एयरलाईन्स्ले जेट स्ट्रिम र टर्बो पो्रप विमानबाट मुलुकका विभिन्न स्थानमा सेवा प्रदान गर्दै आएको छ । 

विमान बुढो हुन्छ ? 

नेपालमा भएका हवाई दुर्घटनाका अधिकांश घटनामा प्रतिकूल मौसम लगायतका अन्य मानवीय त्रुटी औँल्याइएको पाइन्छ । तर सर्वसाधारण मानिसमा भने अत्यन्त पुराना विमान सञ्चालन भइरहेका कारण पनि नेपालमा बेलाबखत हवाई दुर्घटना भइरहने बुझाइ रहेको पाइन्छ ।

सिनियर क्याप्टेन कुमार पाण्डे विमान कति वर्ष पुरानो हो वा कति वर्षदेखि प्रयोगमा छ भन्दा पनि जहाजको आवधिक रूपमा गरिने मर्मत सम्भारको काम महत्त्वपूर्ण हुने बताउँछन् । उनका अनुसार कुनै पनि विमानको दैनिक तथा निश्चित घण्टा उडान गरेपछि परीक्षण गरिन्छ । 

विमानको इन्जिनमा धेरै किसिमका कम्प्युटर जडान गरिएको हुन्छ जसले विभिन्न पार्टपुर्जाबारे जानकारी गराइरहेको हुन्छ । त्यसकारण उडान योग्यता कायम रहेसम्म विमान पुरानो नहुने उनको तर्क छ । तर कम्पनीले मर्मतसंहारमा कति ध्यान दिएको छ भन्ने महत्वपूर्ण उने उनको भनाइ छ । उनका अनुसार विमान निर्माताले उपलब्ध गराएको मेन्टनन्स प्रोग्र्यामअनुसार विमानको मर्मतसम्भार लगायतका कार्य गर्नुपर्ने हुन्छ । तर कम्पनी तथा इञ्जिनियरले सोही अनुसार नगरिदिँदा र नियामकको लापरवाहीले यस्ता घटना बारम्बार दोहोरिरहेका उनको टिप्पणी छ । 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update