Odapalika - The Fourth Estate - चौथो अंग
पुल बनाउन माग गर्दै मुख्यमन्त्री कार्यालयअगाडि आमरण अनशन बसे वडाध्यक्ष

काठमाडौँ । धनुषा र सिरहा जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै जनप्रतिनिधिसहित स्थानीय आमरण अनशनमा बसेका छन् । जनकपुरधामस्थित मधेश प्रदेश मुख्यमन्त्री कार्यालयअगाडि कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको अगुवाइमा जनप्रतिनिधिसहित स्थानीय आमरण अनशनमा बसेका हुन् । 

मंगलबारदेखि आफूहरु आमरण अनशनमा बसेको सिरहाको सिरहा नगरपालिका–६ का वडा अध्यक्ष ईन्द्रजित कुमार गोठियाले वडापालिकालाई जानकारी दिए । 

‘सिरहा र धनुषा जोड्ने कमल पुलमा १३ अगाडि बनाउन थालिएको पुल अलपत्र छ । त्यो निर्माणाधीन पुल पनि कमजोर छ,’ उनले भने, ‘यसकारण कमला नदीमा नयाँ पुल निर्माणको माग राखेर आमरण अनशन थालेको हौँ ।’ 

anashan-kamala-pul-(2)-1724220079.jpeg
यसबारे प्रादेशिक सरकारसहितलाई पटक ध्यानाकर्षण गराउँदा पनि चासो नदिएपछि आमरण अनशन नै बस्नुपरेको उनको भनाइ छ । यसअघि रिले अनशनसमेत बसेर सरोकारवालाको ध्यानाकर्षणसमेत गराइएको उनले बताए । 

गत साता मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई नयाँ पुल निर्माणको प्रक्रिया अगाडि बढाउन माग राखेर ७ दिन अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाइएको थियो । तर, मुख्यमन्त्रीले आफूहरूको मागप्रति बेवास्ता गरेपछि आमरण अनशनमा बसेको वडा अध्यक्ष गोठियाले जानकारी दिए । 

anashan-kamala-pul-(3)-1724220108.jpeg
मंगलबारबाट सिरहा–६ का वडाध्यक्ष गोठिया, सिरहाको औरही–४ का वडाध्यक्ष सुरेन्द्रकुमार यादव, सिरहा नगरपालिका–४ का वडाध्यक्ष शमशाद आलम, सिरहा–८ का वडा सदस्य रुपेश यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, शैलेशकुमार गोइत, मनिष यादव र शिवशंकर यादवलगायत १० जना आमरण अनशन बसेका छन् ।
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update