Odapalika - The Fourth Estate - चौथो अंग
प्रदेश नरूचाएको रास्वापाले स्थानीय तह उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने 

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिरमा हुने भनिएको स्थानीय तह उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको छ । 

रास्वपा बैठकले रिक्त रहेका ३५ वटा स्थानीय तहका प्रमुख उपप्रमुख तथा वडाअध्यक्षहरुको उपनिर्वाचनमा भाग लिने निणृय गरेको नेता मनिष झाले बताएका छन् । 

यसअघि रास्वपाले प्रदेश निर्वाचनमा भने भाग लिएको थिएन । इलाममा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा इलाम २ मा प्रतिस्पर्धा गरेपनि उसले आशातित नजिता ल्याउन सकेको थिएन । 

निर्वाचन आयोगले मंसिर तोस्रो साता स्थानीय तहका रिक्त रुथानमा उपनिवाृचन गर्नेगरी गृहकार्य अघि वढाइसकेको जनाकारी गराएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update