Odapalika - The Fourth Estate - चौथो अंग
सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ८०० रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रूपैयाँ कायम भएको हो । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि यही भदौ २ गते सुनको मूल्य तोलाको १ लाख ५२ हजार ६०० थियो । उक्त रेकर्ड तोड्दै बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । 

मंगलबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियो।  

यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८२० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार १५ रूपैयाँले बढेर  १ हजार ८३५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update