
काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले नेपाल संगीत उद्योग संघको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।
अनामनगरमा रहेको संघको कार्यालयमा बुधबार ब्यूरोले छापा मारेको केही कागजात र कम्प्युटर नियन्त्रणमा लिएको छ ।
मानव बेचबिखनसम्बन्धी कार्य गरेको भन्ने सूचनाका आधारमा ब्यूरोले अनुसन्धानका लागि छापा मारेर कार्यालयमा रहेका कागजात र कम्प्युटर नियन्त्रणमा लिएको हो ।
नक्कली कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको ब्यूरोलाई सूचना प्राप्त भएपछि छापा मारेको हो ।
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१ १३:२५
प्रतिक्रिया दिनुहोस्