Odapalika - The Fourth Estate - चौथो अंग
खराब मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलल खराब मौसमका कारण बुधबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको जनाएको छ । निरन्तरको वर्षा र खराब मौसमका कारण मौसम भिजिबिलिटी कमजोर हुँदा बुधबार देशभरको वायुसेवा प्रभावित भएको हो । 

त्रिभुवन विमानस्थलका अनुसार बुधबार बिहान १०ः५५ मा अवतरण गर्ने तालिका रहेको एयर चाइनाको विमान खराबम मौसमका कारण ‘डाइभर्ट’ भएको छ । अन्तर्राष्ट्रिय उडानका अन्य विमान केहीबेर ‘होल्ड’ भएका थिए । मौसममा सामान्य सुधार आएसँगै अहिले अवतरण हुन थालेको विमानस्थलले जनाएको छ । 

भिजिबिलिटी कमजोर भएसँगै पोखरामा उडान स्थगित गरिएको छ भने जनकपुर र सिमरा विमानस्थलमा समयमा उडान हुन सकेका छैन । 
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update