Odapalika - The Fourth Estate - चौथो अंग
जिससमा कर्मचारी अभाव  हुन नदिने संघीय मामिला मन्त्रीको प्रतिवद्धता 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले जिल्ला समन्वय समितिमा दरबन्दीअनुसार कर्मचारीहरुको व्यवस्था गर्ने प्रतिवद्धता जनाएकी छन् ।

शनिबार जिल्ला समन्वय समिति महासंघले आयोजना गरेको पहिलो समन्वय तथा अनुगमन राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले जिल्ला समन्वय समितिमा दरबन्दीअनुसार कर्मचारीको व्यवस्था गर्न मन्त्रालयबाट सिघ्र पहल गर्ने प्रतिवद्धता जनाइन् । 

उनले भनिन्, ‘जिल्ला समन्वय समितिहरुमा दरबन्दीअनुसार कर्मचारीहरुको व्यवस्था गर्ने सम्बन्धमा मन्त्रालयबाट सिघ्र पहल गर्ने तर्फ र आगामी दिनमा कर्मचारी अभावमा कार्य सम्पादनमा समस्या पर्न नदिने तर्फ मेरो ध्यानाकर्षण भएको छ ।’

उनले जिल्ला समन्वय समितिमा कार्यबोझका आधारमा आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता पनि जनाएकी छिन् । 

जिल्ला समन्वय समितिलाई आवश्यक बजेट र कर्मचारी तथा साधन श्रोतको व्यवस्था मिलाउन महासंघसँग सहकार्य गरेर अघि बढ्न प्रतिवद्ध रहेको उनको भनाइ छ । 

उनले भनिन्, ‘जिल्ला समुन्वय समितिलाई कार्यबोझका आधारमा आवश्यक बजेट र कर्मचारी तथा साधन श्रोत व्यवस्था मिलाउन महासंघसँग सहकार्य गरी अघि बढ्न म प्रतिवद्ध छु ।’

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update