Odapalika - The Fourth Estate - चौथो अंग
२८ वडाअध्यक्षसहित ३५ जनप्रतिनिधिले गुमाए ज्यान, यी स्थानीय तहमा हुँदैछ उपनिर्वाचन

काठमाडौँ । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा परेर निधन भएसँगै स्थानीय तहका ३५ स्थानमा जनप्रतिनिधि रिक्त भएका छन् । 

निर्वाचन आयोगले ३४ स्थानमा उपनिर्वाचनको तयारी थाले पनि मंगलवार कार्कीको निधन भएपछि सो स्थानमा समेत उपनिर्वाचन गर्नुपर्ने भएको हो । 

१ जना मेयर १ जना उपमेयर, २ जना अध्यक्ष र ३ जना उपाध्यक्षसहित अब ३५ स्थानमा उपनिर्वाचन हुने भएको छ । 

काठमाडौँको किर्तिपुर नगरपालिका मेयर र जाजरकोटको नलगाड नगरपालिका उपमेयरको निधन भएपछि ती पदमा उपनिर्वाचन हुँदैछ । 

मोरङको ग्राथमान गाउँपालिका अध्यक्ष, दैलेखको महावु गाउँपलिका अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष र हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्षको पनि निधन भएको छ । ती पदमा पनि उपनिर्वाचन हुँदै छ । 

सवैभन्दा वढी वडाअध्यक्षहरुको पद रिक्त छ । देशभर २८ जना वडाअध्यक्षहरुको पद रिक्त छ । ती स्थानमासमेत एकैपटक निर्वाचन गर्ने आयोगको तयारी छ ।

स्थानीय तहका जनप्रतिनिधिको मृत्यु भएमा, राजीनामा दिएमा, विद्यमान कानुन अनुसार पदमुक्त भएमा  उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । 

रिक्त रहेका पदको पदावधि १ वर्षभन्दा वढी भएको अवस्थामा मात्र ती स्थानमा उपनिर्वाचन गर्ने व्यवस्था छ । 

हेर्नुहोस् कहाँ कुन पदका लागि हुँदैछ उपनिर्वाचन 

मेयर/उपमेयर 

काठमाडौँको किर्तिपुर नगरपालिका मेयर

जाजरकोटको नलगाड नगरपालिका उपमेयर  

अध्यक्ष/उपाध्यक्ष 

मोरङको ग्राथमान गाउँपालिका अध्यक्ष 

दैलेखको महावु गाउँपालिका अध्यक्ष 

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष 

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष

वडाअध्यक्ष 

झापाको कन्काई नगरपालिका ६ 

तेह्रथुमको लालीगुराँस नगरपालिका ८ 

सुनसरीको गढी गाउँपालिका ६ 

ओखलढुंगाको मोलुङ गाउँपालिका ५ 

उदयपुरको त्रियुगा नगरपालिका १२ 

उदयपुरको वेलका नगरपालिका ९ 

सप्तरीको डाक्नेश्वरी नगरपालिका ४ 

रौतहटको इशानाथ नगरपालिका ७

रौतहटको राजपुर नगरपालिका ६ 

रौतहटको गढीमाइ नगरपालिका ८ 

काठमाडौँको किर्तिपुर नगरपालिका १ 

काठमाडौंँको किर्तिपुर नगरपालिका ४

काठमाडौँको काठमाडौँ महानगरपालिका १६

नुवाकोटको ककनी गाउँपालिका २ 

मकवानपुरको हेटौडा उपमहानगरपालिका १२ 

गोरखाको गोरखा नगरपालिका ५ 

गुल्मीको मसुकिोट नगरपालिका १ 

रोल्पाको रुन्टिगढी गाउँपालिका ४ 

बर्दियाको ठाकुरवावा नगरपालिका ४ 

कालिकोटको दुल्लु नगरपालिका १३ 

कालिकोटको तिलागुफा नगरपालिका ४

जाजरकोटको कुशे गाउँपालिका ७ 

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ 

बझाङको सुर्मा गाउँपालिका ४

डोटीको पुर्वीचौकी गाउँपालिका ६ 

दार्चुलाको दुहुँ गाउँपालिका ५ 

कञ्चनपुरको भिमदत्त नगरपालिका ६

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update