Odapalika - The Fourth Estate - चौथो अंग
नेप्से सामान्य अंकले वृद्धि, १८ अर्ब ९० करोडको कारोबार 

काठमाडौँ । दुई दिनको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । चालु साताको दोस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ बिन्दुमा आएर बजार बन्द भएको हो ।

यसदिन ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ८० करोड ६३ लाख ७३ हजार ७९२ रुपैयाँको कारोबार भएको छ ।

यस दिन ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४० कम्पनीको घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर छ । 

यस दिन बैंकिङ ०.५९, विकास बैंक ०.७२, फाइनान्स ४.९९, इन्भेष्टमेन्ट ०.१२ र अन्य समूह ०.१८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । 

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, रिलायन्स फाइनान्स लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । 

कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्यमा १० प्रतिशतले घटेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update