Odapalika - The Fourth Estate - चौथो अंग
संसद् भवनमा मुसा आतंक, समात्नका लागि विज्ञापन निकालियाे

काठमाडौँ । पाकिस्तानको संसद भवनमा मुसा आतंक भएको छ । संसद् भवनमा बिरालो नै तर्सिनेखालका मुसाको आतंक भएको बीबीसीले जनाएको छ । 

मुसाको आतंकले नयाँ जनप्रतिनिधिहरू तर्सिने गरेका छन् । सन् २००८ का बैठकहरूको अभिलेख खोज्ने क्रममा मुसा आतंक बाहिर आएको हो । अभिलेखहरू संकलन गर्ने क्रममा अधिकांश कागजपत्र मुसाले काटेको अवस्थामा फेला परेका थिए ।

संसद् भवनमा भएका मुसा देखेर बिरालो नै तर्सिने गरेको जानकारी दिँदै पाकिस्तानको तल्लो सदन नेसनल असेम्ब्लीका प्रवक्ता जफर सुल्तानले भने, ‘मुसाहरू यति ठूला छन् कि तिनलाई देखेर बिरालाहरू पनि डराउँछन् ।’ 

संसद् भवनमा मात्र होइन इस्लामाबादमा रहेका अरू सरकारी भवनमा पनि मुसाको आतंक रहेको बीबीसीले जनाएको छ।

संसद् भवनलाई मुसामुक्त बनाउन १२ लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गरिएको छ । संसद् भवनको पहिलो तलामा माथिल्लो सदन सिनेटका प्रतिपक्षी दलका नेताको कार्यालय र अधिकांश दल तथा स्थायी संसदीय समितिहरूका बैठक हुने सभाकक्षहरू छन् । सोही तलामा मुसा आतंक धेरै छ । 

मुसा नियन्त्रणका लागि मुसा मार्ने र समान्ने कामका लागि विज्ञापन नै निकालेको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update