Odapalika - The Fourth Estate - चौथो अंग
भदौ ७ गते रवि लामिछानेले बयान दिने 
फाइल तस्बिर

काठमाडौँ । सहकारीको रकम हिनामिना गरेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदीय समितिलाई बयान दिन जाने भएका छन् । 

सहकारीको रकम हिनामिनाका सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिलाई आरोपी लामिछानेले बयान दिने भएका हुन् । 

समितिले उनलाई बयानका लागि भदौ ७ गते बोलाएको छ । बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा उनले यही भदौ ७ गते शुक्रबार बयान दिन समिति बैठकमा जाने जानकारी दिएका हुन् । 

सूर्यदर्शनसहितका सहकारीबाट गैरकानुनी रुपमा पैसा ल्याएर गोर्खा मिडियामा लगानी गरेको र सो मिडियाको प्रवन्ध निर्देशक लामिछाने रहेका थिए । सहकारीको रकम दुरुपयोग कार्यमा उनको संलग्नता रहेको दाबी गर्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल कांग्रेसको मागअनुसार संसदीय छानबिन समिति गठन भएको हो । 
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update