Odapalika - The Fourth Estate - चौथो अंग
बजेट खर्च गर्न ३२ वडालाई काठमाडौँ महानगरको २२ बुँदे निर्देशन, यस्तो छ मार्गदर्शन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निकास भएको रकम पारदर्शी रुपमा खर्च गर्न भन्दै ३२ वटै वडालाई २२ वटा बुँदामा ध्यान दिन आग्रह गरेको छ । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जारी गरेको मार्गदर्शनमा महालेखा परीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदनले औँल्याइएका बेरुजुसमेतलाई मध्यनजर गर्दै चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न २२ बुँदाहरुलाई ध्यानमा राखी निकासा भएको रकम मितव्ययी तथा पारदर्शी रुपमा खर्च गर्न गर्न निर्देशन दिइएको छ । 

काठमाडौँ महानगरपालिकाबाट चालु आर्थिक वर्षमा निकासा भएको वडास्तरीय चालु तथा पुँजीगत बजेट खर्च गर्नेसम्बन्धी मार्गदर्शन २०८१ मा २२ वटा बुँदा छन् । जसलाई बजेट खर्च गर्दादेखि कार्यक्रम कार्यान्वयन गर्दा वडालाई दिन भनिएको छ ।

यस्तो छ मार्गदर्शन  

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update