आजको पञ्चाङ्ग
तिथिः तृतीया । नक्षत्रः उ.भा.। करणः वव । चन्द्रराशिः मीन । सूर्योदयः ५ः ३८ । सूर्यास्तः १८ः ३३ । दिनमानः ३२ः १७ घडी । राहुकालः दिनको १ः ३० देखि ३ः ०० सम्म ।
तपाईंको आज
मेष (चु चे चो ला लि लु ले लो अ )
तपाईंका अधुरा काम पूर्ण हुनेछन् । दिनभरी नै सुखको अनुभूति भइरहने छ । आर्थिक रुपमा सबल दिन छ ।
वृष ( इ उ ए ओ बा बि बु बे बो )
तपाईंको पराक्रमले काम बन्नेछ । आजको दिन शुभ रहनेछ । सहयोग गर्ने प्रशस्तै हुनेछन् । धन प्राप्तिको प्रवल सम्भावना रहेको छ ।
मिथुन (का कि कु घ ङ छ के को ह )
आज मध्यम समय रहेको छ । सम्मान तथा प्रशंसा प्राप्तिको योग रहेको छ । नसोचेको काम बन्ने छ । स्थायी सम्पत्ति जोडिनेछ ।
कर्कट (हि हु हे हो डा डि डु डे डो )
विद्यामा सफल भइनेछ । तपाईँको कामको सम्मान हुनेछ । नयाँ साथीसँग सम्बन्ध स्थापित हुनेछ । सन्तान सुख रहेको छ ।
सिंह ( मा मि मु मे मो टा टि टु टे )
स्वस्थ्य बिग्रन सक्नेछ । विवादमा पर्न सकिन्छ । मानसिक तनाव रहनेछ । अनावश्यक खर्च हुनेछ । कुरा काट्नेले काम बिगार्न सक्नेछन् ।
कन्या ( टो प पि पु ष ण ठ पे पो )
दिनको काम अर्थपूर्ण बन्नेछ । गरेको काम पूरा हुने देखिन्छ । पतिपत्नीको सल्लाहले गरेको कामले गति लिनेछ । आयमा वृद्धि हुनेछ ।
तुला (र रि रु रे रो ता ति तु ते )
आज शत्रुले काममा बाधा दिनेछन् । जमघट र मनोरञ्जनमा दिन बित्ने देखिन्छ । खर्च बढी नै हुनेछ । स्वास्थ भने गढबढ हुनेछ ।
वृश्चिक ( तो ना नि नु ने नो या यि यु )
धार्मिक यात्रा हुनेछ । स्वस्थ्यमा देखिएको समस्या हट्नेछ । सन्तान सुख मिल्नेछ । सोचेभन्दा राम्रो आम्दानी हुनेछ ।
धनु ( ये यो भा भि भु ध फा ढा भे )
आज कर्मप्राप्तिको योग छ । खरिद बिक्रिको काममा लागिनेछ । यात्रा रमाइलो र उपलब्धिमूलक नै हुनेछ । सेवाको अवसर प्राप्त हुनेछ ।
मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )
आयमा वृद्धि भई पराक्रम बढ्नेछ । शरीरमा स्पूmर्ति आउनेछ । दुख दिनेहरु हरेश खानेछन् । धैर्यताले काम गर्नुपर्नेछ ।
कुम्भ ( गु गे गो सा सि सु से सो दा )
रोकिएका कामले तनाव दिनेछ । लामो यात्रा तय हुनेछ । खर्चको बाटो बढ्नेछ । मानसिक र शारीरिक श्रम गर्नुपर्नेछ ।
मीन (दि दु थ झ ञ दे दो चा ची )
प्रशंसाले मन आनन्दित हुनेछ । नयाँ कामको योजना बन्नेछन् । घुमफिरमा समय मित्नेछ । मनले चिताएको कुरा गर्न पाइनेछ ।