Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रियसभाबाट आज पारित हुँदै टिआरसी विधेयक

काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानून व्यवसायी परिषद (तेस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जनाएको छ । 

यस्तै, मन्त्री चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफावार छलफल गरी पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

सभाबाट आजै विधेयक पािरत गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update