Odapalika - The Fourth Estate - चौथो अंग
खोलो थुनिदा भक्तपुरको गुण्डुमा बन्यो ताल (तस्बीरसहित)

भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नम्बर ७ स्थित गुण्डुमा सडक निर्माणका क्रममा भएको लापरवाहीका कारण खोलो थुनिदा विशाल ताल बन्न पुगेको छ । 

सडक विभागले सडक निर्माण गर्दा थुपारेको कच्ची माटोमाथि गरिदिएको पीच भत्किएर खोला थुनिदा ताल बनेको स्थानीय सुशील बस्नेतले बताए । 

शुक्रवार रातिको पानीका कारण सडकको डिस्को भत्किएर स्थानीय सानो खोला थुनिएको हो । 

खोला थुनिएपछि नेपाली सेना र प्रहरीले थुनिएको खोलाबाट माटो पन्छाएपछि शनिवार मध्यान्हपछि भने खोला आफ्नो लयमा बग्न थालेको छ । अहिले ताल बनेको पानी घट्न थालेको उनले बताए । 

हेर्नुहोस् यस्तो भएको थियो 

gundu (2)1693045392.jpeg

gundu (3)1693045443.jpeg

gundu (2)1693045392.jpeg

gundu (2)1693045392.jpeg

gundu (1)1693045392.jpeg

gundu (4)1693045390.jpeg

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update