Odapalika - The Fourth Estate - चौथो अंग
केदारनाथको शिर डोलेश्वरमा दर्शनार्थीको घुइँचो, स्थानीय तहले दियो सार्वजनिक बिदा

भक्तपुर । सूर्यविनायक नगरपालिकालले बिहीबार सार्वजनिक बिदा दिएको छ ।  

सूर्यविनायकमा रहेको डोलेश्वर महादेव मन्दिरलाई केदारनाथको शिर घोषणा गरिएको दिन भदौ ६ गते नगरपालिका क्षेत्रमासार्वजनिक बिदा दिइएको हो । २०६६ भदौ ६ गते मन्दिरलाई केदारनाथको शिर घोषणा गरिएको थियो ।

केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा बिहीबार  बिहानदेखि दर्शनार्थीको घुइँचो लागेको छ । बिहानैबाट मन्दिरका चारवटै ढोका खुला गरिएको छ । 

सूर्यविनायक नगरपालिका‐८, सिपाडोलमा डोलेश्वर महादेव मन्दिर रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update