Odapalika - The Fourth Estate - चौथो अंग
टिकटकमाथिको प्रतिबन्ध आजदेखि हट्दै 

काठमाडौं । सरकारले सामाजिक सद्‌भाव भड्काउने र अश्लील गतिविधिहरु बढेको भन्दै सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध आजदेखि हटाउने तयारी गरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गर्दै मन्त्रीपरिषद्‌मा पठाएको र आज बस्ने मन्त्रिपरिषद् बैठकले पारित गर्ने शूत्रले बताएको छ । 

आज बस्ने मन्त्रिपरिषद्ले निर्णय गरेसँगै देशभर प्रतिबन्धित भएको टिकटक सहजै चलाउन पाइनेछ । 

गत वर्षको असोज २७ गते नेपाली समाजको सामाजिक सद्‌भाव बिगारेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

टिकटकमाथिको प्रतिबन्ध फुकुवालाई केहीले भूराजनीतिक प्रभावका रुपमा समेत व्याख्या गरिरहेका छन् । 

याे पनि 

टिकटक खुला गर्न चिनियाँ राजदूतको दबाब, सरकार निर्णयको तयारीमा

टिकटक खुला गर्ने कांग्रेस–एमाले गठबन्धनको तयारी, सरकार गठनलगत्तै निर्णय 

 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update