Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहमा उत्पादित घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउनुपर्छ : उपसभामुख राना

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले स्थानीय तहमा उत्पादित घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउनुपर्ने बताएकी छन् । 

नेपाल आदिवासी जनजाति महासंघ नगरपालिका समन्वय परिषद्ले पाल्पाको रामपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभामुख रानाले घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउँदा आदिवासी जनजाति समुदायको जीविकोपार्जन र समृद्धिमा मद्दत पुग्ने बताइन् । 

आदिवासी जनजाति समुदायले शिक्षालाई जोड दिएर नेतृत्वमा आउन प्रतिस्पर्धा गर्नुपर्ने र राज्यको संयन्त्रमा जिम्मेवारी निर्वाह गर्न सक्षम हुनुपर्ने उपसभामुख रानाको सुझाब थियो । 

नेपालमा राजनीतिक प्रतिस्पर्धा स्वस्थ नरहेको र अरूलाई लडाएर आफू स्थापित हुने प्रवृत्ति रहेको भन्दै उपसभामुख रानाले आवश्यक पर्दा आफ्नो मुलुक, समाज, समुदायको हितमा एकीकृत भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update