Odapalika - The Fourth Estate - चौथो अंग
सबै स्थानीय तहलाई मानव बेचबिखनविरुद्ध र पुस्तकालय दिवस मनाउन मन्त्रालयको निर्देशन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार दिवस र १७औँ पुस्तकालय दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आग्रहमा मानव बेचबिखन तथा ओसारपसार दिवस र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रहमा पुस्तकालय दिवस मनाउन स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरेको हो । 

मानव बेचबिखनविरुद्धको दिवस मनाउने सम्बन्धमा बुधबार सबै स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले गरेको पत्राचारमा भनिएको छ, ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको च.नं. मा. वे.नि. १६ मिति २०८१/०४/३० को भदौ २० गते मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अठारौं राष्ट्रिय दिवस, २०८१ मनाउने सम्बन्धी पत्र आवश्यक जानकारी तथा कार्यार्थ यसैसाथ संलग्न गरी पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ ।’ 

यसैगरी, पुस्तकालय दिवस मनाउने सम्बन्धमा गरिएको पत्राचारमा उल्लेख गरिएको छ, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च.नं. ०६ मिति २०८१/०४/२२ को श्रावण १७ गते सत्रौं पुस्तकालय दिवस, २०८१ मनाउने सम्बन्धी पत्र आवश्यक जानकारी तथा कार्यार्थ यसैसाथ संलग्न गरी पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ ।’ 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update