Odapalika - The Fourth Estate - चौथो अंग
आजको राशिफलः कसकाे खर्च, कसलाई धनलाभ ?    

आजको पञ्चाङ्ग

तिथिः चतुर्थी  । नक्षत्रः रेवती । करणः कौलव । चन्द्रराशिः मीन । सूर्योदयः ५ः ३९ । सूर्यास्तः १८ः ३२ । दिनमानः ३२ः १३ घडी । राहुकालः बिहान १०ः ३० देखि १२ः ०० सम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

आज अचानक धनलाभ हुनेछ । गरेको कामबाट प्रशंसा र सम्मान प्राप्त हुनेछ । किनमेलमा समय खर्चिनु पर्नेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो )

तपाईँको आज खर्चिलो दिन हुनेछ । दाजुभाइ नै शत्रु भने हुनेछन् । पराक्रम बढ्नेछ । गरेको काम भने सफल हुनेछ ।

मिथुन (का कि कु घ ङ छ के को ह )

जग्गा, घर तथा सवारी साधनको प्राप्तिको योग छ । साथीहरुसँगको मनोरञ्जनमा दिन बित्नेछ । स्वस्थ्यमा भने समस्या आउनसक्नेछ । मातृसुख पाइनेछ ।

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

तपाईँलाई समयले साथ दिनेछ ।  रमाइलोसँग दिन बित्नेछ । विद्यामा सफल तथा सन्तानको प्रगति सुन्न पाइनेछ ।

सिंह (मा मि मु मे मो टा टि टु टे )

गरेको कामको जस पाइँदैन । पैसाको कारण वादविवाद हुनेछ । लेनदेनको कारण तनाव हुनेछ । खर्च बढ्नेछ । 

कन्या (टो प पि पु ष ण ठ पे पो)

सामाजिक कार्यमा संलग्न भइनेछ । जोश जाँगरले कठिन काम सजिलै बन्नेछ । अरुलाई प्रभावमा राख्न सकिनेछ ।

तुला (र रि रु रे रो ता ति तु ते)

कामले सफलता पाउन कठिन छ । सामान गुमाउन सकिनेछ । निकै सोचविचार गरेर मात्र काम गर्नुहोला । स्वास्थमा गढबढी हुनेछ ।

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

समय भाग्योदयको रहेकाले काम बन्नेछ । आजको कारोबारले सन्तुष्ट दिने देखिन्छ । शत्रुपक्ष निर्बल देखिनेछन् ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

तपाईँको बोलीको सम्मान हुने देखिन्छ । गरेको कामले पूर्ण सन्तुष्टि दिनेछ । मनोरञ्जनपूर्ण र रमाइलो दिन हुनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

आजको दिन आयआर्जनको सुनौलो दिन रहनेछ । कुनै सामान प्राप्त हुनेछ । आजको यात्रामा सुखद हुनेछ । 

कुम्भ ( गु गे गो सा सि सु से सो दा )

आज जीवनोपयोगी सामानको खरिद हुनेछ । महत्वपूर्ण यात्रा गरिनेछ । मन उत्साहितहुनेछ । खर्च बढी नै हुने देखिन्छ । 

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

हरेक काम सहजसँग पूरा हुनेछ । पराक्रम बट्नेछ । धैर्यताको साथ गरिएको कामले नाफा दिनेछ । स्वस्थ्यमा सुधार हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update