तनहुँ । तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा भारतीय पर्यटक सवार बस खसेको छ । पृथ्वीराजमार्गअन्र्तगत आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट भारतीय नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको हो ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको र सो बसमा कति भारतीय पर्यटक सवार थिए भन्ने एकीन भइनसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले यात्रुको उद्धार गरिरहेको छ भने दुर्घटनाको कारण पनि खुलिसकेको छैन ।
प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१ १३:११
प्रतिक्रिया दिनुहोस्