Odapalika - The Fourth Estate - चौथो अंग
गजुरी गाउँपालिकाको खेलकुद प्रशिक्षक लामाविरुद्ध साइबर अपराधको मुद्दा 

काठमाडौँ । धादिङको गजुरी गाउँपालिकामा करार खेलकुद प्रशिक्षकका रुपमा कार्यरत राजन लामाविरुद्ध साइबर अपराधको मुद्दा दायर गरिएको छ ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीसहित एमालेका नेताविरुद्ध गाली गलौज गरेको आरोपमा पक्राउ परेका लामाविरुद्ध  काठमाडौं जिल्ला अदालतमा साइबर अपराध गरेको अभियोगसहित मुद्दा दर्ता गरेको नेपाल प्रहरीकाे केन्द्रीय साइबर ब्यूराेले जनाएको छ । 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई खेदेको भन्दै उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका नेता तथा समर्थकविरुद्ध गाली गलौज गरेको अभियोग लगाइएको छ । 

गएको साउन २७ गते पक्राउ परेका लामा माओवादीनिकट वाइसीएलका जिल्ला सचिव पनि हुन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update