Odapalika - The Fourth Estate - चौथो अंग
जीवन बीमाको माग गर्दै सिंहदरबारभित्र कर्मचारीको आन्दोलन

काठमाडौँ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै जीवन बीमाको माग राखेर कर्मचारी आन्दोलित भएका छन् । 

सिंहदरबारभित्र शुक्रबार सरकारी सवारी साधन चलाउने चालकको जीवन बीमा गर्न माग गर्दै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलिन भएका हुन् । 

सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी संयुक्त संघर्ष समितिको नेतृत्वमा कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । आफूहरुको माग पूरा नभए अझ सशक्त रुपमा आन्दोलन चर्काउने चेतावनी दिएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update