Odapalika - The Fourth Estate - चौथो अंग
७५३ स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन सार्वजनिक, कसले कति अंक पाए ? 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को प्रतिवेदन सार्वजनिक गरेको छ । 

स्थानीइ तहहरुले निश्चित मापदण्डको आधारमा गरेको स्वमूल्यांकनलाई मन्त्रालयले अन्तिम गुणस्तर परीक्षण गरेपछि नतिजा सार्वजनिक गरेको हो । 

मन्त्रालयले बिहीबारमात्र लिजामा सर्वोत्कृष्ट भएका ३ वटा नगरपालिका र ३ वटा गाउँपालिकालाई सम्मान गरिसकेको छ । 

स्थानीय तहहरुको कार्यप्रकृया र उपलव्धिको लेखाजोखा गरी शासकीय र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गर्न स्वामूल्यांकन गरिदै आएको छ । लिजाले स्थानीय तहको आवधिक समीक्षाको आधार प्राप्त हुने र स्थानीय सरकारबीच यी प्रकृयामा प्रतिस्पर्धा गराउने काम गर्छ । 

४ वटा स्थानीय तहबाहेक देशभरका पालिकाहरुले लिजा प्रतिवेदन सार्वजनिक गरेपछि मन्त्रालयले उनीहरुको अंक दिने प्रकृयाको गुणस्तर परीक्षण गरेर नतिजा सार्वजनिक गरेको हो । 

लिजामा मधेश प्रदेशका पालिकाहरु कमजोर देखिएका छन् । महोत्तरीको सोनामा गाउँपालिका १०० अंकमा जम्मा  १२.५० अंक, गढिमाइ नगरपालिकाले २०.५, सवैला नगरपालिका धनुषाले २५.२५ पर्साको धोविनी गाउँपालिकाले २५.७५ अंक, सोलुको सोताङ गाउँपालिका २७.२५ अंक पाएका छन् । 

उत्कृष्ट नजिता ल्याउनेमा भने धादिङको निलकण्ठ नगरपालिका  परेको छ । 

हेर्नुहोस् कुन पालिकाको कति अंक 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update