Odapalika - The Fourth Estate - चौथो अंग
मेयर र उपमेयरलाई स्थानीयले कार्यालयमै थुन्न खोजेपछि...

काठमाडौँ । सामुदायिक वन क्षेत्रमा भवन निर्माणको विषयलाई लिएर कैलालीको घोडाघोडी नगरपलिकाका मेयर, उपमेयरसहित कर्मचारीलाई स्थानीयले थुन्ने प्रसाय गरेका छन् । 

शिवशक्ति सामुदायिक वन क्षेत्रभित्र भवन निर्माण गर्न नदिने बताएपछि आक्रोशित स्थानीयले मेयर, उपमेयरसहित कर्मचारीलाई कार्यालयमै थुन्ने प्रयास गरेका हुन् । 

सामुदायिक वनले आफ्नो क्षेत्रमा भवन निर्माण गर्न खोज्दा नगरपालिकाले रोकेपछि विवाद बढेको हो । शुक्रबार यही विषयमा छलफल भइरहेका बेला स्थानीयले मेयर, उपमेयरसहित कर्मचारीलाई थुन्न लाग्दा प्रहरीले रोकेको थियो । 

छलफलमा भवन बनाउन नदिने मेयर खडकबहादुर रावतले अडान लिए । उनको अडानका कारण वन उपभोक्ता समितिका पदाधिकारी र सदस्य आक्रोशित भए । आक्रोशित उनीहरुले मेयर रावत,  उपमेयर गुलियाकुमारी चौधरीसहित कर्मचारीलाई कार्यालयमै थुनेर तालाबन्दी गर्ने प्रसाय गरेका हुन् । तर, प्रहरीले रोकेको थियो । 

नगरपालिकाको कार्यालय नजिकै शिवशक्ति सामुदायिक वनले आफ्नो भवन बनाउन खोजेको छ । तर, नगरपालिकाले भने खाली स्थानको संरक्षण गरेर राख्नुपर्ने भन्दै भवन बनाउन नदिने अडान लिएपछि विवाद भएको हो । 

‘भोलि कुनै पनि विपत्ति वा केही सार्वजनिक कार्यक्रम गर्दा खाली स्थान चाहिन्छ । यही भएर हामीले भवन नबनाउँ, संरक्षण गरौँ भनेको हो,’ घोडाघोडी नगरपालिका प्रवक्ता तथा १ नम्बर वडाका वडा अध्यक्ष घनश्याम भुसालले वडापालिकालाई भने । 

सो खाली स्थान सामुदायिक वनकै मातहतमा रहन दिउँ आफूहरूले भनेको उनले बताए । सो विवाद वन मन्त्रालय, डिभिजन वन कार्यालय र सवडिभिजन वन कार्यालयले गर्ने प्रवक्ता ओझाले बताए ।  
 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update