Odapalika - The Fourth Estate - चौथो अंग
साँझको राहुकालले कसलाई कस्तो फल ?

आजको पञ्चाङ्ग 

तिथिः षष्ठी  । नक्षत्रः भरणी  । करणः भद्रा । चन्द्रराशिः मेष । सूर्योदयः ५ः ४० । सूर्यास्तः १८ः ०० । दिनमानः ३२ः ०६ घडी । राहुकालः बेलुका ४ः ३० देखि ०६ः ०० सम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ )

आफ्नो बुद्धिको पूरा उपयोग हुनेछ । यात्राले थकानको अनुभूति हुनेछ । बोलीले काम बन्नेछ । जिम्मेवारी सम्हाल्नु पर्ला । 

वृष (इ उ ए ओ बा बि बु बे बो )

आज तपाईँको पराक्रम बढ्नेछ । बन्धुबान्धवको सहयोग पाइएला । स्वस्थ्यको समस्या कम हुनेछ । आय बढ्नेछ । 

मिथुन  (का कि कु घ ङ छ के को ह )

पराक्रमको योग रहेको छ । आयआर्जन राम्रो हुनेछ । दाजुभाइसँग भेटघाट हुनेछ । उत्साह र उमंगले काममा उर्जा दिनेछ । 

कर्कट ( हि हु हे हो डा डि डु डे डो )

तपाईंले सोचेजस्तै दिन आज हुनेछ । आफन्तको सुझाव उपयोगी सिद्ध हुनेछ । मनोरञ्जन कार्यमा सरिक भइनेछ । 

सिंह  (मा मि मु मे मो टा टि टु टे )

आज भाग्यले पूरा साथ दिनेछ । सन्तान सुख हुनेछ । शत्रु परास्त हुनेछन् । विद्यामा सफलता मिल्नेछ । 

कन्या ( टो प पि पु ष ण ठ पे पो )

आज तपाईँको खर्चिलो दिन रहेको छ । धनसम्पत्तिको नोक्सान हुने देखिन्छ ।  यात्रामा निस्किनु पर्ने हुनसक्छ । शत्रुपक्ष प्रबल देखिन्छ ।  

तुला ( र रि रु रे रो ता ति तु ते ) 

आजको दिन परिवारको साथ सहयोगले कार्य सफल हुनेछ । शरीरमा स्पूmति आउँनेछ । सुखद् अनि परिवारिक भेटघाट हुनेछ । 

वृश्चिक ( तो ना नि नु ने नो या यि यु )

आजको दिन शत्रुले काम बिगार्न सक्नेछन् । शत्रुहरु सलबलाउने छन् । अनावश्यक सोचाइमा मन जानेछ ।

धनु ( ये यो भा भि भु ध फा ढा भे )

आजको दिन तपाईँको अनुकूल छ । कसैसँग मनमुटु जोडिन सक्छ । आप्mनो तर्कले अरुलाई परास्तगर्न सकिनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि )

नरमाइलो तथा उराठलाग्दो दिन होला । आत्मविश्वासका साथ काम गर्नुपर्ला । नयाँ कामको शुरु गरिनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

कार्यक्षेत्रबाट सुख हुनेछ । सिद्धिप्राप्तिको योग रहेको छ । तपाईँको भावनाको कदर हुनेछ । आयको क्षेत्र सन्तोषजनक हुनेछ ।

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

शत्रु बलियो रुपमा देखिनेछन् । सतर्क भएर काम गर्नु पर्नेछ । परिश्रमपूर्वक गरेको कामबाट लाभ होला । मान सम्मानमा आँच आउला ।
 

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update