Odapalika - The Fourth Estate - चौथो अंग
९ महिनापछि बल्ल सभापति पाउँदै छन् संसदीय समिति, निर्वाचन भोलि 

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन भएको ९ महिनापछि सोमबार समितिहरूले नेतृत्व पाउने भएका हुन् ।

संसदीय समितिका सभापतिहरूको टुंगो लाग्न नसकेको भन्दै राजनीतिक दलहरू आलोचना भइरहेका बेला बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुखले मातहतका विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि तोकेका हुन् । 

सोही अनुसार आज सभापतिका लागि बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने संसद सचिवालयले जनाएको छ । प्रमुख दलहरूले संसदीय समितिको सभापतिमा भागबन्डा गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलहरुले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।  

राष्ट्रिय सभाको बैठक आज 

राष्ट्रिय सभाको बैठक आजका लागि बोलाइएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि राष्ट्रिय सभा बैठक बोलाइएको हो । प्रतिनिधिसभाको बैठक भने मंगलबारका लागि मात्र बोलाइएको छ ।

प्रतिनिधिसभा अन्र्तगतका १० संसदीय समिति सभापतिका लागि सोमबार निर्वाचनको मिति तोकिएकाले बैठक मंगलबार मात्र बस्ने संसद सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update