Odapalika - The Fourth Estate - चौथो अंग
शंकास्पद अवस्थमा वडा अध्यक्षको शव फेला 

महोत्तरी । रामगोपाल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेश यादव मृत फेला परेका छन् । बर्दिवास र औरही नगरपालिकाको सिमानामा वडा अध्यक्ष यादव फेला परेका रामगोपाल नगरपालिका मेयर राम दुलार साहले जानकारी दिए । 

वडा अध्यक्ष यादवको शवसँगै मोटरसाइकल पनि रहेकाले दुर्घटनामा निधन भएको हो या हत्या भएको भन्ने एकीन नभएको उनले बताए । 

अहिले घटनास्थलमा प्रहरीले शवको मुचुल्का उठाइरहेको जानकारी दिएका मेयर साहले पोष्टमार्टमको रिपोर्ट र प्रहरी अनुसन्धानपछि घटनाको वास्तविकता आउने बताए । 

शनिवार बेलुका घरवाट निस्किएका वडा अध्यक्ष यादव आइतबार मृत फेला परेका हुन् । प्रहरीको अनुसार मृतकको नाकबाट रगत बगेको, तिघ्रामा चोटपटक र केही निलडाम समेत देखिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update