Odapalika - The Fourth Estate - चौथो अंग
संस्थागत क्षमता मूल्यांकनमा ५० नम्बर पनि ल्याएनन् यी ८४ स्थानीय तहले

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको देशभरका स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा ८४ स्थानीय तहले ५० अंक पनि कटाउन नसकेको देखिएको छ । 

१०० अंकभारमा मूल्यांकन गरिने लिजामा मधेश प्रदेश सबैभन्दा खस्किएको देखिएको छ भने गण्डकी र लुम्बिनीका स्थानीय तहहरुको अंक राम्रो देखिएको छ । 

स्थानीय तहहरुले निश्चित मापदण्डको आधारमा गरेको स्वमूल्यांकनलाई मन्त्रालयले अन्तिम गुणस्तर परीक्षण गरेपछि नतिजा सार्वजनिक गरेको हो । मन्त्रालयले बिहीबारमात्र लिजामा सर्वोत्कृष्ट भएका ३ वटा नगरपालिका र ३ वटा गाउँपालिकालाई सम्मान गरिसकेको छ । 

स्थानीय तहहरुको कार्यप्रकृया र उपलव्धिको लेखाजोखा गरी शासकीय र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गर्न स्वामूल्यांकन गरिदै आएको छ । लिजाले स्थानीय तहको आवधिक समीक्षाको आधार प्राप्त हुने र स्थानीय सरकारबीच यी प्रकृयामा प्रतिस्पर्धा गराउने काम गर्छ । 

४ वटा स्थानीय तहबाहेक देशभरका पालिकाहरुले लिजा प्रतिवेदन सार्वजनिक गरेपछि मन्त्रालयले उनीहरुको अंक दिने प्रकृयाको गुणस्तर परीक्षण गरेर नतिजा सार्वजनिक गरेको हो ।

जम्मा ७४९ पालिकाको नतिजा सार्वजनिक हुँदा कोशीका ६ वटा मधेशका ५० वटा, बागमतीका ६ वटा लुम्बिनी र गण्डकीका २÷२ वटा, कर्णालीका ५ वटा र सूदुरपश्चिमका १३ वटा स्थानीय तहले ५० अंक कटाउन नसकेका हुन् । 

मधेशका पालिकाले त जम्मा १२ अंकसम्म पनि ल्याएका छन् ।  मधेशका धेरैजसो नगरपालिका नै लिजामा कमजोर देखिदा कर्णालकिा पालिकाहरुले राम्रो अंक ल्याएको देखिन्छ । 

लिजामा ५० भन्दा तल अंक ल्याउने पालिका 

कोशी प्रदेश

झापाको वुद्धशान्ति गाउँपालिका ४३.७५

ताप्लेजुंगको सिदिङवा गाउँपालिका ४९.७५

सुनसरीको देवानगञ्ज गाउँपालिका ४९.७५

सोलुखुम्बुको दूधकोशी गाउँपालिका ४२.५०, लिखुपिके गाउँपलिका ३३.७५, सोताङ गाउँपालिका २७.२५

मधेश प्रदेश 

धनुषको धनुषाधाम नगरपालिका ३४.२५, धनौजी गाउँपालिका ४७.४५, शहीदनगर नगरपालिका ४६.७५, सवैला नगरपालिका २५.२५

पर्साको कालिकामाइ गाउँपालिका ३१.७५, छिपहरमाइ गाउँपालिका ४४, जीराभवानी गाउँपालिका ४९, धोविनी गाउँपालिका २५.७५, पटेर्वा सुगौली गाउँपालिका ३९, पोखरिया नगरपालिका ४७.५०, विन्दवासिनी गाउँपालिका ४०.७५, सखुवा प्रसौनी गाउँपालिका ४१

बाराको सिम्रौनगढ नगरपालिका २१, देवाताल गाउँपालिका ४०.२५, निजगढ नगरपालिका ४७.२५, प्रसौनी गाउँपालिका ३१.२५, फेटा गाउँपालिका ३३.५०, विश्रामपुर गाउँपालिका ४७.५०, सुवर्ण गाउँपालिका ३५ 

महोत्तरीको सोनामा गाउँपालिका १२.५०, एकडारा गाउँपालिका ३५, मनरा शिशवा नगरपालिका ४८.७५, महोत्तरी गाउँपालिका २९.५०, रामगोपालपुर नगरपालिका ४८.५०, लोहारपट्टी नगरपालिका ४८.५०

रौतहटको गढीमाइ नगरपालिका २०.५०, गजुरा नगरपालिका ४४.७५, फतुवा बिजयपुर नगरपालिका २४, बृन्दाबन नगरपालिका ३९.५०, बौधिमाइ नगरपालिका ३४, मौलापुर नगरपालिका ४२.७५, यमुनामाइ गाउँपालिका ४६

सप्तरीको छिन्नमस्ता गाउँपालिका ३२, तिरहुत गाउँपलिका ४२, बलान विहुल गाउँपालिका, ४४.५०, महादेवा गाउँपालिका ३३.७५, रुपनी गाउँपालिका ४३.७५, राजगढ गाउँपालिका ३५.७५, हनुमाननगर कंकालिनी नगरपालिका ४८.५०

सर्लाहीको कविलासी नगरपालिका ३९.२५, धनकौल गाउँपालिका ४९.५०, ब्रम्हपुरी गाउँपालिका ४२, हरिपूर्वा नगरपालिका ४४

सिरहाको कर्जन्हा नगरपालिका ४४, कल्याणपुर नगरपालिका ४८.५०, गोलवजार नगरपालिका ४७.२५, नवराजपुर गाउँपालिका २२.२७, भगवानपुर गाउँपालिका ३८.७५, लक्ष्मीपुर पतारी गाउँपालिका ४५.२५, विष्णुपुर गाउँपालिका ४९.५०

बागमती प्रदेश

दोलखाको बिगु गाउँपालिका ४०.५०

धादिङको रुविभ्याली गाउँपालिका ४०.५०

नुवाकोटको तारकेश्वर गाउँपालिका ४९.७५

रामेछापको लिखु तामाकोशी गाउँपालिका ४५.७५

गोरखाको गोरखा नगरपालिका ४८.५०, चुमनुब्री गाउँपालिका ४८.२५

गण्डकी प्रदेश 

लमजुङको दुधपोखरी गाउँपालिका ४८.२५, मध्यनेपाल नगरपालिका ४६.५०

लुम्बिनी प्रदेश 

रुपन्देहीको कोटहीमाई गाउँपालिका ४५.७५, मर्चवारी गाउँपालिका ४२.७५

कर्णाली प्रदेश 

कालिकोटको कुशे गाउँपालिका ३९.२५,

जाजरकोटको शिवालय गाउँपालिका ४१, 

दैलेखको ठाँटीकाँध गाउँपालिका ३८.७५

मुगुको खत्याड गाउँपालिका ४८.२५

सुर्खेतको चौकुने गाउँपालिका ४१.२५ 

सूदुरपश्चिम प्रदेश 

अछामको ढकारी  गाउँपालिका ४७, तुर्माखाँद गाउँपालिका ४३.५०, रामारोशन गाउँपालिका ४७.७५

कैलालीको मोहन्याल गाउँपालिका २६.२५, लम्कीचुहा नगरपालिका ४३.७५

डोटीको बढीकेदार गाउँपालिका ४३, सायल गाउँपालिका ४१.७५

बझाङ काँडा गाउँपालिका ४९.७५, दुर्गाथली गाउँपालिका ४९.७५, बुंगल गाउँपालिका ४७,

बाजुराको बुढीनन्दा नगरपालिका ४८.७५, 

बैतडीको पाटन नगरपालिका ४८.२५, सुर्नया गाउँपालिका ४०.२५

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update