Odapalika - The Fourth Estate - चौथो अंग
कुलमान घिसिङलाई कारबाही गर्ने विषयमा सांसदबीच बाजाबाज

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्ने या नगर्ने भन्ने विषयलाई लिएर संसदीय समितिमा सांसद बाजाबाजमा उत्रिएका छन् । 

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता विवादलाई लिएर कार्यकारी निर्देशक घिसिङलाई कारबाही गर्न निर्देशन दिने कि नदिने भन्ने विषयमा आइतबार सार्वजनिक लेखा समितिका सदस्यबीच बाजाबाज भएको हो । 

एमालेका सांसद तथा समिति सभापति ऋषिकेश पोखरेल र नेकपा माओवादी केन्द्र सांसदबीच चर्काचर्की परेको हो । सभापति पोखरेलले घिसिङलाई कारबाही गर्ने निर्णय गर्न खोजेपछि प्रतिवादमा माओवादी सांसद उत्रिएका हुन् । माओवादी सांसद अमनलाल मोदी आक्रोशित हुँदै सभापति पोखरेलले घिसिङलाई कारबाही गर्ने निर्णय गरे नमान्ने चेतावनी दिए । 

त्यसपछि मोदीको अभिव्यक्तिको प्रतिवाद गर्दै सभापति पोखरेलले आफू बेइमानी गर्नेलाई कारबाही गर्नुपर्ने पक्षमा रहेको भन्दै ‘नमान्नु न त’ भन्दै मोदीलाई कडा जवाफ फर्काए । 

उनीहरुबीचको बाजाबाजलाई रोक्ने प्रयास कांग्रेसका सांसद देवप्रसाद तिमलसेनाले गरेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update