Odapalika - The Fourth Estate - चौथो अंग
१ घन्टामा हर्क साम्पाङका ६ स्टाटसः रवि लामिछानेदेखि धार्मिक र्‍यालीकाे नारासम्ममा असन्तुष्टि 

काठमाडौँ । गोरु काटेर खाने विषयले धरानमा चर्किएको धार्मिक र जातीय सद्भाव विरुद्धका अभिव्यक्तिपछि हिजो दिनभर धरानमा प्रशासनले निषेधाज्ञा जारी गर्‍याे । 

मानव अधिका रआयोगदेखि लिएर राजनीतिक दलहरु हुँदै धरानका मेयर साम्पाङ र पूर्व मेयरसम्मले जातीय र धार्मिक सद्भाव कायम गर्न अपील गरे । 

जसका कारण हिजो दिनभर धरान शान्त बन्यो । तर सनातन धर्मावलम्बीका नाममा निषेधित क्षेत्रबाहिर र्याली भने निस्कियो । 

हो यही र्‍यालीमा सहभागी भएका जनता र त्यहाँ लागेका नाराबारे आइतवार बिहानैबाट धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गम्भीर असन्तुष्टि जनाएका छन् । 

बिहान ७ बजेदेखि यो समाचार तयार पारुन्जेल (८ बजे) सम्ममा धरानका मेयर साम्पाङले ६ वटा फेसवुक स्टाटस लेख्न भ्याए । 

ती स्टाटसमा उनले हिजो गरिएको भनिएको सद्भाव र्‍यालीमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले नेतृत्व गरेको मेयरको आरोप छ । 

उनले सो र्यालीमा हर्क साम्पाङ मुर्दावाद भन्ने नारा लागेको भन्दै रास्वपा सभापति रवि लामिछानेलाई प्रश्न गरको छन् । 

उनले अर्को एउटा स्टाटसमा फोहोरी राजनीति गर्नेहरु आफ्नो पछि लागेको भन्दे असन्तुष्टि पोखेका छन् भने अर्को एउटा स्टाटसमा पूर्वसचिव भीम उपाध्यायलाई गाली गरेका छन् । 

उपाध्यायले धरानमा गोरु काटेर खान मेयरले उचालेको अभिव्यक्ति दिएको भन्दै एउटा टिभीमा अन्तर्वार्ता दिएपछि मेयर साम्पाङ रिसाएका छन् । 

अर्को एउटा स्टाटसमा उनले र्‍यालीमा सहभागी भनिएका व्यक्तिले आफूविरुद्ध व्यक्त गरेकोे आक्रोसको क्लिप सार्वजनिक गर्दै र्यालीको उद्धेश्यमाथि शंका व्यक्त गरका छन् । 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update